UPDF AI

नेपाली किसानका समस्याको समाजशास्त्रीय अध्ययन

Bhairab Raj Regmi

2025 · DOI: 10.3126/anweshan.v3i1.81970
引用数 0

摘要

मानवअधिकारले व्यापक अर्थ समेट्छ । त्यसभित्र किसानको अधिकार पनि पर्छ । किसान अधिकार भनेको उनीहरूको सबै अधिकार हो अर्थात् जमिन, जल, जङ्गल, त्यसमार्फत किसानको कृषि उत्पादन र कृषि उत्पादनको वितरण (बजारीकरण) माथि कृषि उत्पादन गर्ने किसानको सम्पूर्ण अधिकार हो । मानवअधिकारले व्यक्तिको निजी अधिकारको मात्र परिभाषा गर्दछ† तर किसान अधिकारले यसको उत्पादनदेखि वितरणसम्म मुख्यतः कृषिश्रमको अधिकारसमेत समेट्नुपर्छ । मानवअधिकारको परिभाषाले मात्र किसानलाई प्राथमिकतामा राख्दैन, त्यसको समस्या र समाधानको विषय उठान गर्नु, चर्चा गर्नु, किसानको जीवन, कृषि उत्पादनसँगको सम्बन्ध (दुःख, पीडा, सुख आदि) का विषयमा लेख्नु, विवेचना गर्नु, कथा, निबन्ध, उपन्यास कोर्नु, उनीहरूको मुक्तिको बाटो पनि देखाउनु किसान साहित्यभित्र पर्दछ । कृषिसँग सम्बन्धित वैज्ञानिक अनुसन्धान, अर्थशास्त्र र कृषिराजनीतिको विषयमा धेरै अध्ययन र अनुसन्धान भएका छन् । बिहान उठ्नेबित्तिकै पेटमा राख्ने पदार्थ कृषि उत्पादन नै हुन्छ । कृषि उत्पादन विना मानव जीवनको कुनै अस्तित्व छैन । प्राथमिकतामा हावा र पानी पछि कृषि उत्पादन नै आउँछ । त्यसका बाबजुद किसान र कृषि उत्पादनको विषय हाम्रो समाजमा मूल संस्कृति बन्न सकेन र बनेको पनि छैन । हाम्रोजस्तो पिछडिएको देशमा मात्र होइन, विकसित पुँजीवादी देशमा पनि कृषिक्षेत्रको साहित्यलाई प्राथमिक महŒवका साथ उठाउनु आजको आवश्यकता हो ।